अमेरिकाको कामदार भिसा खुला, नेपालीले पनि आवेदन दिन पाउने

अमेरिकाको कामदार भिसा खुला, नेपालीले पनि आवेदन दिन पाउने

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले कामदार भिसाको रुपमा लिइने (एचवानबी भिसा) आइतबारदेखि खुला गर्ने भएको छ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का लागि फागुन १८ गतेदेखि आवेदन खुला हुने जनाएको हो ।

यो बर्षदेखि अमेरिकी सरकारले एचवानबी कामदार भिसामा नयाँ नियम ल्याएको छ । अमेरिकी सरकारले अमेरिकामा नै डिग्री लिएकाहरुलाई प्राथमिकता दिनेगरी कामदार भिसाको नयाँ नियम ल्याएको हो ।

नयाँ नियमले अमेरिकन डिग्री नलिएका विदेशी कामदारलाई अमेरिका आउन थप मुस्किल बनाएको छ भने अमेरिकन डिग्री होल्डरका लागि सहज बनाएको छ ।

श्रमिकले भिसाका लागि रोजगारदाता कम्पनी खोजेर आवेदन दिनुपर्ने छ । एचवानबीमा दर्ता भएका श्रमिकको आवेदनहरुलाई लोटरीको माध्यमबाट छनोट गरिने छ । त्यसपछि छानिएका आवेदनहरुमध्येबाट थप अन्य प्रक्रिया सुरु हुने बताइएको छ । भिसा आवेदनका लागि १० डलर दर्ता शुल्क लाग्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । पहिलोपटक तीनवर्षका लागि एच वान बी भिसा प्राप्त हुने र त्यसपछि थप तीनवर्षका लागि रिन्यु गर्न पाइने व्यवस्था छ ।

एचवानबी भिसामार्फत आवेदन दिन कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ । त्यस्तै जुन पेशाका लागि आवेदन दिनेको त्यसको लाइसेन्स जरुरी हुन्छ ।

यो कार्यक्रममा फेशन मोडलसहित आइटी, वित्त, लेखा, आर्किटेक्चर, इन्जिनियर, विज्ञान, मेडिकललगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अमेरिकाको यो कार्यक्रममा नेपालीले पनि आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका आवेदकले आगामी चैत्र ७ गते दिउँसो १२ बजेभित्र आवेदन बुझाइसक्नु पर्नेछ ।

Logo