काठमाडौं ।
विवाहमा दुलहा–दुलहीले लगाउने पोशाक प्रायःजसो विहेपछि दराजभित्र मात्र सिमित हुन्छ । कहिलेकाही विवाहको वर्षगाँठ जस्ता समारोहहरुमा प्रयोग नहोला भन्न सकिन्न तर बढि जसो दराजमै थन्क्याइन्छ ।
तर विवाहको पोशाकको बारेमा जेनिफर सालवेजको एउटा छुट्टै योजना थियो । जेनिफरका पति जेफ र उनी घुमफिर गर्नका निकै शौखिन थिए । उनीहरुले आफ्नो विवाहपछि पूरै संसार घुम्ने निश्चय गरे । पोलिनेशियामा आफ्नो विवाहपछि उनीहरुले सन् २००८ मा आल्पस र चीनबाट जीवनको नयाँ यात्रासँगै संसारको यात्रा सुरु गरे ।

प्रोफेसर जेफ फोटोग्राफीका पनि शौखिन हुन् । त्यसैले जेनिफरले पुनः विवाहको पोशाक पहिरिंदा उनले फोटो खिच्न सुरु गरे । उनीहरु वर्षेनी दुई पटक यात्रा गर्छन् । विवाहपछिका यी बाह्र वर्षहरुमा उनीहरुले विश्वका पचास देशहरुको भ्रमण गरिसकेका छन् ।
यी सबै यात्राहरुमा जेनिफरले विवाहकै पोशाक पहिरिएकी थिइन् । उनलाई उनी कुन देशमा घुमिरहेकी छिन् भन्ने कुराले प्रभाव पार्दैन । उनले आफ्नो पतिको क्यामेरामा विवाहको सेतो पोशाकमा अहिलेसम्म समुद्र, घोडसवारी, हाइकिङ्, स्लेजिङ यहाँ सम्म की एक स्पेस सिम्युलेटरमा जिरो गुरुत्वाकर्षणमा पौडी खेल्दै फोटो खिचाएकी छिन् । जेफ भन्छन्,“यो योजनाले हामीलाई सँगै समय बिताउनुका साथै आ–आफ्नो शौख पनि पूरा गर्छौँ ।”

सबै भन्दा खुसीको कुरा हामी हरेक कामसँगै गर्न पाउछौँ । उनीहरुले आफ्नो यात्राको सिलसिलामा पचास वटा देशका मानिसहरुसँग मित्रता गाँसेका छन् । उनीहरुको यो वर्षको यात्राको सूचीमा दक्षिण अफ्रिका, सेशेल्स र नेपाल रहेका रहेका छन् ।






























प्रतिक्रिया