दिल्लीको उत्तर–पूर्वी क्षेत्रको नागरिकता विधेयक विरोधी हिंसामा विहीबार सम्म २८ जनाको ज्यान गएको छ भने २५० जना घाइते भएका छन् ।
दिल्लीको जीटीबी अस्पताल मा २५ जना र जेपी अस्पताल मा २ जनाको शव राखिएको छ । हिंसाकोे ३ दिन पछि प्रधानमन्त्री नरेन्द्र मोदीले जनतासँग शान्ति र भाईचारा कायम राख्न अनुरोध गरेका छन् । त्यस्तै दिल्ली का मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसा प्रभावित क्षेत्रमा सेना खटाउने काम केन्द्र सरकारले गर्न आग्रह गरिसकेकाे छन् ।
यसैबिच एनएसए अजीत डोभाल डीसीपीले उत्तर–पूर्वी क्षेत्रको कार्यालय पुगेर हिंसा प्रभावित क्षेत्रको तथ्याङ्क निकाले । डोभाल आज प्रधानमन्त्री नरेन्द्र मोदी तथा मन्त्रीमण्डलाई रिपोर्ट गर्नेछन् । यसअघि मोदी मन्त्रीमण्डको बैठक बसेको थियो । अहिले सम्म १८ उजुरी दर्ता भएको र १०६ जना पक्राउ परेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया