दिल्ली । भारतको दिल्लीमा चर्किरहेको हिंसाका कारण सिबिएसई बोर्ड परीक्षा स्थगित भएको छ । दिल्लीको उत्तर पूर्वी क्षेत्रमा फैलिएको हिंसाको आगो विद्यार्थीहरुको भविष्यसम्म पुगिसकेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
हिंसाको कारण देशभरि एकैसाथ चलिरहेको सिबिएसई बोर्डको परीक्षा स्थगित गरिएकाे छ । हिंसाग्रसत क्षेत्रमा कक्षा १० र कक्षा १२ को परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
दिल्ली सरकारले पनि हिंसाग्रस्त क्षेत्रका सबै विद्यालयका पठपाठन बन्द गरेको छ । दिल्लीको उत्तर पूर्वी क्षेत्रका धेरै विद्यार्थीहरुको परीक्षा केन्द्र दिल्लीबाहिर पर्छ । उनीहरूको भविष्यमा समस्या पर्नुका साथै उनीहरूका अभिभावक पनि चिन्तित छन् । यी विद्यार्थीहरूमध्ये धेरैले परीक्षा नै छोडेका छन् भने केहीले परीक्षा केन्द्र पुग्ने हिम्मत समेत गरेका छन् ।
यस्तै कक्षा १० कमा अध्ययनरत १६ वर्षीया महिदा नाजले ज्यान जोगाउन बुधबारको परीक्षा नै छोड्न बाध्य भएकी बताइन् ।





























प्रतिक्रिया