दिल्लीमा हिंसाका कारण ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ ।
बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ।
दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। उनले ट्विट गर्दै प्रहरीको सक्दो प्रयासबाट पनि शान्ति नभएपछि सेना परिचालन गरी कर्फ्यू जारी गर्नुपर्ने बताए।
भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । मङ्गलबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिएका छन्
सोमबार र मंगलबार उत्तरपूर्वी दिल्लीको मौजपुरको चाँदबाग क्षेत्रमा तनाव चर्किंदा थप प्रहरी परिचालन गरिएको थियो । प्रहरीले जाफराबादमा जारी नागरिकता ऐन विरोधी धरना स्थललाई खाली गराएका छन । दिल्लीको गोकुलपुरी क्षेत्रस्थित स्क्रैप बजारमा आज विहान आगजनी भएको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार आज विहानै एक समुहले यहाँ आगजनी गरेका थिए ।





























प्रतिक्रिया