बेइजिङ ।
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार १२० पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । हालसम्म चीन बाहिर ४ जनाको मृत्यु भएको छ । यो समेत गरि २ हजार १२४ जनाको मृत्यु कोरोनाकै कारण भएको छ ।
गत वर्षको डिसेम्बरदेखि चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण केही दिनयता एकै दिनमा करिब १०० व्यक्तिको मृत्यु हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मंगलबार १३२ जनाको मृत्यु भएको थियो बुधबार ११५ जनाको मृत्यु भएको थियो। गत आइतबार सो भाइरसका कारण १०० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सोमबार यस भाइरसको सङ्क्रमणका कारण ९८ जनाको मृत्यु भएको एपी समाचार समितिले जनाएको छ ।
यस भाइरसका कारण संक्रमित हुनेको संख्या ७६ हजार नाघेको छ भने १३ हजार उपचार पछि घर फर्किएका छन् ।





























प्रतिक्रिया