उडिरहेका दुई विमान आकाशमै ठोकिए , चार जनाको मृत्यु

उडिरहेका दुई विमान आकाशमै ठोकिए , चार जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेलबोर्न ।

अष्ट्रेलियाको मेलबोर्नमा बुधबार दुई साना बिमान आकाशमै ठोकिएका छन् ।

दुई विमान ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुवै विमानमा एक/ एक जना पाइलट र एक /एक जना यात्रु मात्र सवार रहेको र चार जनाकै मृत्यु भएको हो ।

ती दुई बिमान म्यान्गालोर शहरको ४ हजार फिट माथिको आकाशमा ठोक्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी

Logo