एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ६ सय ३६ पुगेको छ । कोरोना भाइरसबारे सबैभन्दा पहिला विश्वभर जानकारी दिने चिनियाँ चिकित्सकको समेत निधन भएको छ ।
३४ वर्षीय चिनियाँ चिकित्सक ली वेनलियान्गको कोरोना भाइरसको संक्रमणका कारण बिहीबार निधन भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
चिनियाँ मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांकमा बिहीबार मात्र ७३ जनाको निधन भएको उल्लेख छ । बिहीबारसम्म थप ३१ हजार एक सय ६१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
गम्भीर बिरामी हुनेको संख्या नाै सय ६२ रहेको तथ्यांकमा उल्लेख छ । तथ्यांकमा एक हजार पाँच सय ४० जना अस्पतालबाट निको भएर फर्किएको उल्लेख छ ।
कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्स र हङकङमा एक–एक जनाको निधन भइसकेको छ । ती दुवै जना चिनियाँ नागरिकको निधन भएको हो ।
कोरोनाका बारेमा विश्वलाई जानकारी दिने चिकित्सकको निधन





























प्रतिक्रिया