जापानमा भूकम्प, सुनामीको चेतावनी भने छैन

जापानमा भूकम्प, सुनामीको चेतावनी भने छैन

केन्द्रबिन्दु
0
Shares

टोकियो ।

जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८ः२० बजे भूकम्प गएको जानकारी दिएका छन् ।

भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशिल मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।
रासस

Logo