ट्रम्पले सफाइ पाउने सम्भावना बढ्यो

ट्रम्पले सफाइ पाउने सम्भावना बढ्यो

केन्द्रबिन्दु
0
Shares

अमेरिका ।

महाअभियोग सुनुवाइका क्रममा साक्षी र थप प्रमाण झिकाउने मागको विपक्षमा सिनेटरहरूले मतदान गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सफाइ पाउने बाटो खुला भएको छ। डेमोक्र्याट सांसदहरूले चार रिपब्लिकन सांसद महाअभियोगको पक्षमा उभिने आशा गरेका थिए । त्यसबाट सुनुवाइ लम्बिन सक्थ्यो।

तर चारमध्ये केवल दुई रिपब्लिकनहरूले मात्र डेमोक्र्याटहरूसँग मतदान गरे। अब राष्ट्रपति ट्रम्पलाई सफाइ दिने विषयमा मतदान हुनेछ । त्यसमा उनले जित्ने निश्चित छ । ट्रम्पको रिपब्लिकन पार्टीका शीर्षस्थ सदस्यहरूले सुनुवाइको गति तीव्र बनाउन प्रत्यक्षदर्शी र नयाँ प्रमाण अस्वीकार गरेका हुन्।

उनीहरू राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई सुनुवाइमा झिकाउने कुरा पन्छाउन चाहन्थे । न्यूयोर्क टाइम्सका अनुसार बोल्टनले आफ्नो प्रकाशोन्मुख पुस्तकमा ट्रम्पले डेमोक्र्याट नेता जो बाइडनको छवि बिगार्ने उद्देश्यले युक्रेनलाई दिने सैन्य सहायता निलम्बन गर्न आफूलाई सीधै निर्देशन दिएको उल्लेख गरेका छन्। ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र कङ्ग्रेसलाई छानबिनमा बाधा पुर्‍याएको दुईवटा अभियोग लगाइएको छ।
बीबीसी

Logo