चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनमा कोरोना भाइरसको त्रास बढीरहेको अवस्थामा यसकै कारण ज्यान गुमाउनेको सङ्ख्या हालसम्म १७० पुगेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने मध्ये एक हजार सात सय नयाँ व्यक्ति थपिएका छन् । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सिंगापुर र जर्मनीमा पनि यो भाइरसका विरामी सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा संक्रमित हुनेको संख्या पनि बढेको छ ।

यसैवीच चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका अनुसन्धानकर्ताले बुधबार हाल विश्वमा सन्त्रास फैलाइरहेको कोरोना भाइरसको खोप आविष्कार गरेको दाबी गरेका छन् । तर तिनीहरूले यसको सफल परीक्षण गर्न केही समय लाग्ने बताएका छन्।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्। हङकङ विश्वविद्यालयका प्राध्यापक युनले खोप तयार भइसके तापनि जनावरमा यसको परीक्षण गर्न लामो समय लाग्ने बताएका छन् ।

Logo