यमनको एक सैनिक क्याम्पमा हमला हुँदा ३८ सिपाही मारिए

यमनको एक सैनिक क्याम्पमा हमला हुँदा ३८ सिपाही मारिए

केन्द्रबिन्दु
0
Shares

साना ।

यमनको एक सैन्य तालिम केन्द्रमा आक्रमण हुँदा कम्तिमा ३८ सरकारी फौजको मृत्यु भएको छ । मारिब प्रान्तस्थित क्याम्पमा हमला हुँदा अरु दर्जनौं सिपाही घाइते छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार शनिबार राति तीनवटा मिसाइल समेत हमला भएको छ ।

तालिमका सिपाहीले हतियार राख्ने ठाउँमा भेला भएका सरकारी फौजहरुको समूहमाथि हमला केन्द्रित थियो । मृतकको संख्या बढ्न सक्ने पनि बताइएको छ । साउदी टेलिभिजनले घटनाको आरोप हाउठी विद्रोही समूहलाई लगाए पनि अहिलेसम्म कसैले पनि हमलाको जिम्मेवारी लिएका छैनन् । हाउठी विद्रोही सशस्त्र समूह वर्षौँदेखि यमनमा सक्रिय छ ।
अन्नपूर्णबाट

Logo