इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले "मानवीय त्रुटिका कारण" विमान खसालिएको हो। "/>

युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

केन्द्रबिन्दु
0
Shares

इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण” विमान खसालिएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो। सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा “मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको” निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन्।

उक्त घटनालाई “ठूलो विपत्ति र अक्षम्य गल्ती” भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको जनाएका छन्।

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। तर इरानले त्यसको खण्डन गरेको थियो।

इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई ‘हास्यास्पद’ भन्दै त्यो अमेरिकाको ‘मनोवैज्ञानिक कारबाही’ को अंश भएको दाबी गरेका थिए । तर “सम्भवत: त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको” अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबावमा परेको थियो।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । बिबिसी

Logo