इरानको विशेष सैन्य दस्ताका कमाण्डर मारिए

इरानको विशेष सैन्य दस्ताका कमाण्डर मारिए

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले इराकको बगदादमा बिहीबार राती गरेको हवाई हमलामा इरानको क्वीड दस्ताका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । बीबीसीका अनुसार हमलामा पपुलर मोबिलाइजेसन फोर्सका उपकमान्डर अबु मेहदी पनि मारिएका छन् ।

सन् १९९८ देखि नै कासिमले यसको नेतृत्व सम्हालेका थिए । इरानी टेलिभिजनले पनि कासिम र अबु मारिएको पुष्टी गरेको छ।

शुक्रबार बिहानै विमानस्थलमा अमेरिकी सेनाले कारवाही गरेको थियो । सो घटनामा कति जनाको मृत्यु भयो भन्ने खुल्न बाँकी छ।

अमेरिकी रक्षा मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले सुरक्षाका लागि रक्षात्मक कारवाही गरेको जनाएको छ ।

रक्षा मन्त्रालयको वक्तव्यमा कासिमले २७ डिसेम्बरको हमला पनि गराएको र यसै साता बगदादस्थित अमेरिकी दुतावासमा हमला गर्ने अनुमति पनि दिएको दावी गरिएको छ।

 

Logo