ताइवान ।
ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर आज बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको हो ।
त्यहाँको रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधानसेनापति सेन यी मिङ बेपत्ता भएका छन् ।
उनी हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए । त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा उनी बेपत्ता भएको बताइएको छ ।
हेलिकप्टरमा सवार रहेका केही व्यक्तिको उद्दार गरिएपनि प्रधान सेनापतिसहित तीन जना फेला परेका छैनन् ।
एजेन्सी





























प्रतिक्रिया