हङकङ ।
हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले प्रदर्शनसँगै नव वर्षको सुरुवात गरेका छन् । अधिकांश क्षेत्रको प्रदर्शन शान्तिपूर्ण भए पनि केही क्षेत्रमा भने हिंसा फैलिएको थियो । साथै, केही स्थानमा प्रहरीले प्रदर्शनकारीलक्षित अश्रुग्याससमेत प्रहार गरेका थिए ।
हजारौंको संख्यामा भेला भएर नव वर्षको अघिल्लो रात हङकङमा लोकतन्त्रवादीले प्रदर्शन गरेका हुन् । मानवसाङ्लो बनाएर ती प्रदर्शनकारीले हङकङका प्रमुख सडकमा प्रदर्शन गरेका थिए । नव वर्षलाई स्वागत गर्न भेला भएका प्रदर्शनकारीले ‘स्वतन्त्र हङकङ र नयाँ क्रान्ति जस्ता नारा लगाएका थिए।’
मध्यरातमा प्रदर्शन हुन थालेपछि केही स्थानमा प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गरेको थियो । यसैबीच, ४० भन्दा बढी हङकङ सांसदले प्रमुख कार्यकारी क्यारी लामलाई नववर्षको शुभकामना पत्र पठाउँदै ‘हङकङवासीको चाहना सम्बोधन गर्न नयाँ समाधानको बाटो निकाल्न आग्रह गरेको’ विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
हङकङमा विगत ६ महिनाभन्दा लामो समयदेखि सरकारविरोधी प्रदर्शन भइरहेका छन् । मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले संसदमा विधेयक प्रस्तुत गरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। विवादित सुपुर्दगी सम्बन्धी प्रस्ताव सरकारले खारेज गरिसकेको भए पनि हङकङमा प्रदर्शन जारी छ। सरकारले ढिला गरी गत अक्टोबर २३ का दिन औपचारिक रूपमै सो विधेयक फिर्ता लिएको थियो।
राजधानीबाट





























प्रतिक्रिया