२९ प्रहरीलाई मृत्युदण्डको फैसला

२९ प्रहरीलाई मृत्युदण्डको फैसला

केन्द्रबिन्दु
0
Shares

कारकास ।

सुडानमा एक शिक्षकलाई चरम यातना दिएर मारिएको आरोपमा २९ जना प्रहरीमाथि मृत्युदण्डको फैसला भएको छ । गत फेब्रुअरीमा चरम यातनाका कारण प्रहरी हिरासतमै ३६ वर्षिय शिक्षक अहमद अल खैरको मृत्यु भएको थियो ।

सोही घटनामा दोषि पाइएका प्रहरीलाई सुडानस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । अभियुक्ततर्फका एक वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन् ।

मृत्यु भएका शिक्षक राष्ट्रपति ओमार अल बसिर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका थिए । सरकार विरोधी आन्दोलनका क्रममा सुडकमा एक १ सय ७० भन्दा बढीको मृत्यु भएको थियो । प्रदर्शन चर्कदै गएपछि अल–बाशिरले अप्रिलमा सत्ता छोडेका थिए ।

Logo