काठमाडौं। भारतीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति हेर्न नचाहेका केही तत्वहरू नेपाल र भुटानसँगको सीमा प्रयोग गरेर भारत प्रवेश गर्न खोजेको बताएका छन् ।
भारतीय सीमा सुरक्षा बलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै शाहले नेपाल र भुटानसँग भारतको एकदमै हार्दिक सम्वन्ध रहेको पनि वताए, ”केही तत्वहरूले भारतमा शान्ति होस भन्ने चाहँदैनन्, उनीहरूले नेपाल र भुटानको सीमा प्रयोग गरेर भारतमा प्रवेश गर्न खोज्दैछन् ।” उनले सिमा सुरक्षाका लागि सुरक्षा निकायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
नागरिकता विधेयक सम्बन्धी असन्तुष्ट नागरिकहरूले विभिन्न भारतीय राज्यमा गरिरहेकाे आन्दाेलनले उग्ररुप लिइरहेकाे बेला गृहमन्त्री शाहकाे यस्ताे अभिव्यक्ति आएकाे हाे ।





























प्रतिक्रिया