अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारी ३९ वर्षीय जोसेफ़ सील्ससहित ६ जना मारिएका छन् । घटनामा अन्य दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । जर्सी सशर हडसन नदीकाे किनारमा छ जुन नदीकाे अर्काे किनारमा न्युयाेर्क सहर छ ।
प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै यकिन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुनसक्ने तर्क गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । जर्सी प्रहरी प्रमुख माइन किलेले आधुनिक हतियारले सुसज्जित आक्रमणकारीले सय राउण्डभन्दा धेरै पटक गोली हानेको बताए ।
मारिनेमध्ये दुई जना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ । एजेन्सी





























प्रतिक्रिया