तेहरान,
इरानी सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । मध्य नोभेम्बरदेखि सुरु भएको आन्दोलनका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडपमा मृत्यु भएको हो ।
इरानका लागि अमेरिकी विशेष प्रतिनिधि ब्रायन हुकले प्रदर्शन सुरु भएयता हजार भन्दा धेरैको मृत्यु भएको बताएका हुन् । साथै सात हजार घाइते भएको उनले बताए । नोभेम्बर १५ देखि इरानका एक सय भन्दा धेरै शहरमा प्रदर्शन हुँदै आएको छ ।
एजेन्सी





























प्रतिक्रिया