नर्वेमा पहिरोबाट २ दर्जन मानिस बेपत्ता

नर्वेमा पहिरोबाट २ दर्जन मानिस बेपत्ता

केन्द्रबिन्दु
0
Shares

नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । पहिरोको घटना ओस्लो नजिकैको एउटा सानो गाउँमा भएको स्थानीय प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“घटनास्थलका सयौँ घर बगाएको वा पुरिएको पनि अधिकारीहरूले जनाएका छन् । धेरै घरहरू पहिरोले नष्ट गरेको छ, उनीहरू केही पुरिएको छ भने केही बगाएको छ,” एक प्रहरीले भने ।

घटनाका बारेमा जानकारी प्राप्त हुनासाथ उद्धारकर्ताहरूको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धारमा खटिएको थियो ।

झण्डै दुई लाख १० हजार वर्गमिटर क्षेत्रफलको भूमिमा पहिरो गएको हो । “त्यस क्षेत्रमा झण्डै पाँच सय मानिस बस्ने गर्दथ्ये । उनीहरू अहिले विस्थापित भएका छन्,” अर्का एक अधिकारीले भने ।

प्रहरीले थपे, “अहिले सम्पर्क विहीन भएका व्यक्तिहरूलाई खोजी गर्ने वा सम्पर्क गर्ने प्रयास प्रहरीले गरिरहेको छ, तर अहिलेसम्म केही पत्ता लगाउन सकेको छैन ।”

घाइते १० जनामध्ये ९ जनाको स्थानीय अस्पतालमा उपचार गराइएको छ भने गम्भीर अवस्थामा रहेका एक जनालाई भने थप उपचारका लागि ओस्लो पठाइएको पनि प्रहरीले जनाएको छ ।

नर्वेका प्रधानमन्त्री इर्ना सेल्बेर्गले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले पीडितहरूलाई राहत तथा सहयोगको व्यवस्था हुने विश्वास पनि दिलाए ।

Logo