२४ हजारपटक फोन गरेर सताएपछि पक्राउ !

२४ हजारपटक फोन गरेर सताएपछि पक्राउ !

केन्द्रबिन्दु
0
Shares

टोकियो,

एकजना जापानी वृद्ध एक साताको अवधिमा २४ हजार पटक फोन गर्दै गुनासो गरेको आरोपमा पक्राउ परेका छन् ।

७१ वर्षीय आकितोसी ओकामोतोलाई टोकियो प्रहरीले पक्राउ गरेको हो । स्थानीय मिडियाका अनुसार उनले केडिडीआइ कम्पनीको टोल फ्री कल प्रयोग गरी कर्मचारीलाई ८ दिनसम्म २४ हजार पटक फोन गर्दै सताएका थिए ।

कम्पनीले उनीसँगको सम्झौता उल्लंघन गरेको ती वृद्धको गुनासो थियो । कम्पनीले भने ती वृद्धले आफ्ना कर्मचारीलाई अपमान गरेको र हजारौं कल गरी असन्तुष्टि पोखेको जनाएको छ । तर आकितोसीले सम्झौता उल्लंघन गरेकोमा कम्पनीका कर्मचारीले माफी माग्नुपर्ने बताएका छन् ।
एजेन्सी

Logo