मनिला,
फिलिपिन्समा बाढी पहिरो र आँधीका कारण २ लाख मानिस विस्थापित भएका छन् । यस क्रममा दुईजनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । देशको मुख्य विमानस्थल नै बन्द गरिएको छ । समुद्री किनाराका मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
यस पटक आएको कम्मुरी आँधी यस वर्षको २० औं आँधी हो । टापु क्षेत्रमा यसको बढी जोखिम देखिएको छ । घटनास्थलमै रहेका अलजजिराका पत्रकार जमेला अलिन्डोगनले आँधीहुरीलाई ुएक युद्धजस्तो महसुश भएकोु टिप्पणी गरेका छन् ।
विभिन्न ठाउँमा अहिले पनि भारी वर्षा र बाढीको असर परिरहेको छ । आँधीका कारण निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दर्जनौँ उठान रद्ध हुनुका साथै अवतरण हुन लागेका जहाज पनि अन्यत्रै मोडिएका छन् । गत राति आँधी सुरु भएपछि नै प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको हो ।
एजेन्सी





























प्रतिक्रिया