बगदाद,
इराकी प्रधानमन्त्री बदेल अब्दुल महदीले राजीनामा दिने घोषणा गरेका छन् । सरकारविरोधी आन्दोलनको क्रममा ५० जना प्रदर्शनकारीको मृत्यु भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।
महदीले शुक्रबार संसदमा राजीनामा बुझाउने घोषणा गरेका हुन् । अक्टोबरदेखि नै जारी प्रदर्शन दबाउन सरकारले सेना परिचालन गरेको थियो । इराकको राजधानी बगदाद लगायत विभिन्न सहरमा पछिल्लो समय हरेक दिनजस्तै प्रदर्शन हुँदैआएको थियो ।
एजेन्सी





























प्रतिक्रिया