पछिल्लो समय बंगलादेश र नेपालमा होइन भारतमा पनि प्याजको भाउ आकासिएको छ । भारतले प्याज निर्यात नै बन्द गरेको छ। नेपालमा प्याज र कुखुराको मासुको मूल्य हाराहारीमा पुगेको छ।
प्याजको भाउ बढेसँगै चोरले समेत पैसाको सट्टा प्याज चोर थालेका छन्। भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चाेरेकाे हो । अचम्मको कुरा के छ भने चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे ।
हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । दासले राम्रो मूल्यमा बेच्नका लागि प्याज ठूलो भण्डारण गरेर राखेका थिए ।
भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेकाे छ । भारतीय व्यापारीहरूले बढी मुनाफा कमाउनका लागि प्याज भण्डर गरेर राखेको बताइएको छ ।





























प्रतिक्रिया