बंगलादेशमा सात जनालाई मृत्युदण्डको फैसला

बंगलादेशमा सात जनालाई मृत्युदण्डको फैसला

केन्द्रबिन्दु
0
Shares

ढाका,

बंगलादेशको ढाकास्थित चर्चित होली आर्टिसन बेकरी क्याफे हमलाका सातजना दोषीलाई अदालतले मृत्युदण्ड सुनाएको छ । ढाकाको गुल्सन क्षेत्रमा रहेको उक्त क्याफेमा २०१६ को जुलाइ १ मा २२ जनाको ज्यान जाने गरी हमला भएको थियो ।

हमलामा मारिने मध्ये १७ जना विदेशी थिए । आतंकवादी हमला भनिएको उक्त घटनामा संलग्न सात जनालाई अदालतले बुधबार मृत्युदण्ड सुनाएको हो । न्यायाधीश एमडी मजिबुर रहमानको नेतृत्वमा अदालतले बुधबार फैसला सुनाएको हो ।

हदिसुर रहमान, राकिबुल हसन रेगन, अस्लाम होसेन रश, एमडी अब्दुस सबुर खान, शरिफुल इस्लाम खलेद, ममुनुर रशिद रिपोन र जहांगिर होसेनलाई मृत्युदण्डको सजाय सुनाइएको संचारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी

Logo