नयाँदिल्ली,
भारतको पश्चिम बंगालमा विधानसभा उपनिर्वाचनको क्रममा उम्मेद्वारमाथि कुटपिट भएको छ । मतदान केन्द्रमा जाँदै गरेका उम्मेद्वार जयप्रकास मजुमदारमाथि कुटपिट भएको हो ।
भाजपाका प्रदेश उपाध्यक्ष समेत रहेका मजुमदार करिमनगरस्थित मतदान केन्द्रमा जाँदै थिए । बाटोमै हिँडिरहेका उनलाई अचानक एक समूहले कुटपिट गर्दै लात्तीले हान्दै झाडीमा फालिदिएका थिए ।
उनीमाथि कुटपिट भएको भिडियो समेत भारइल बनाइएको छ । उम्मेद्वार मजुमदारले कुटपिटको आरोप कांग्रेस त्रिणमुलका कार्यकर्तामाथि लगाएका छन् । भारतीय मिडियामा भाइरल बनेको उक्त भिडियोमा कुटपिटपछि उक्त समूहले ती उम्मेद्वारविरुद्ध फिर्ता जाऊ भन्दै नारावाजी गरेका देखिन्छन् ।
एजेन्सी





























प्रतिक्रिया