थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिए । स्थानीय समयानुसार नोभेम्बर २० तारिखको राती ११ बजेसम्ममा १०० पटक पराकम्पन भएको उनले बताए ।
महानिर्देशक सोम्साकले ६.४ म्याग्नीच्युडको सबैभन्दा ठूलो भूकम्प स्थानीय समयानुसार बिहीबार विहान ६ बजेर ५० मिनेट जाँदा गएको जानकारी दिए । भूकम्पका कारण विद्यालयहरू बन्द गर्ने घोषणा गरिएको छ ।
ठूलो क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । रासस





























प्रतिक्रिया