हङकङ आन्दोलनमा अमेरिकी संसद्को समर्थन

हङकङ आन्दोलनमा अमेरिकी संसद्को समर्थन

केन्द्रबिन्दु
0
Shares

वासिङटन,

हङकङमा भइरहेको प्रदर्शनप्रति समर्थन गर्दै अमेरिकी संसद्ले सर्वसम्मत रूपमा एउटा विधेयक पारित गरेको छ।

हङकङ मानवाधिकार एवं लोकतन्त्र विधेयक २०१९ नाम दिइएको उक्त कानून मंगलवार पारित भएको हो। उक्त विधेयक अनुसार अमेरिकी विदेशमन्त्रीले वार्षिक एकपटक हङकङ स्वायत्त भएको प्रमाणित गर्नुपर्नेछ र यसै आधारमा हङकङसँगको अमेरिकी व्यापारलाई महत्व दिइनेछ।’

अमेरिकाले चीनको मुख्य भूमिभन्दा स्वायत्त हङकङसँग फरक व्यवहार गर्दै आएको छ। सांसद जिम रिस्चले भने, ‘अमेरिकी संसद्ले हङकङका जनताको समर्थनमा आज महत्वपूर्ण कदा उठाएको छ। यो विधेयक पारित हुनु हङकङको स्वायत्तता घटाउने वा स्वतन्त्रताको मौलिक अधिकार हननन गर्न चिनियाँ कम्युनिस्ट पार्टीलाई जिम्मेदार ठहर्‍याउने मार्गमा यो महत्वपूर्ण कदम हो।’

चीनले भने हङकङमा भइरहेको प्रदर्शनबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ। हङकङ विवाद चीनको आन्तरिक मामिला भएका हुनाले यसमा हस्तक्षेप नगर्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीनको प्रभुसत्ताको सम्मान गर्नुपर्ने बताएका छन्।
एजेन्सी

Logo