श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपाक्षे

श्रीलंकाको प्रधानमन्त्रीमा महिन्दा राजपाक्षे

केन्द्रबिन्दु
0
Shares

कोलम्बो,

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा बुधवार आफ्ना दाजुको नाम प्रस्ताव गरेका छन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि उनले यस्तो घोषणा गरेका हुन्।

विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले औपचारिक रूपमा पदभार सम्हाल्नेछन्। महिन्दा हाल विपक्षी दलका नेता हुन्। कोलम्बो गजेट पत्रिकाका अनुसार विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए। संसदमा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको बताएका छन्।

राष्ट्रपतीय निर्वाचनमा गोताबाया राजापक्षे विजयी भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो। राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ। सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रिपरिषद् मात्रै रहनेछ। स्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ। नयाँ मन्त्रीहरू सबै राजपाक्षेको दलबाट हुनेछन्।
एजेन्सी

Logo