चिनियाँ कोइलाखानीमा विस्फोट, १५ जनाको मृत्यु

चिनियाँ कोइलाखानीमा विस्फोट, १५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बेइजिङ,

चीनको साङछी प्रान्तस्थित एक कोइला खानीमा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । अरु नौ जना घाइते छन् । उत्तरी क्षेत्रमा ‘साङ्छी पिङ्ग्यायो फेङ्ग्यान कोल एण्ड कोक ग्रुप’ले सञ्चालन गर्दै आएको कोइलाखानीमा ग्यास विस्फोट भएको हो ।

सिन्ह्वा न्युजका अनुसार विस्फोट हुँदा खानीभित्र ३५ जना कामदारले काम गरिरहेका थिए । विस्फोटसँगै त्यहाँबाट ११ जना भाग्न सफल भएका हुन् । खानीका कामदारहरुको असावधानीका कारण घटना भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

चीनमा यस अघि पनि खानीभित्र विस्फोट हुने गरेको थियो । २०१८ डिसेम्बरमा ७ जना खानीका कामदारको मृत्यु भएको थियो । गत वर्ष नै अक्टोबर महिनामा २१ जनाको विस्फोटबाटै मृत्यु भएको थियो ।
एजेन्सी

Logo