काठमाडौं,
वलिउड अभिनेता अजय देवगन र काजोलको नयाँ सिनेमा तानाजीको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । देवगन दम्पतिले १३ वर्षपछि यस फिल्ममा सँगै अभिनय गर्दैछन् । तानाजी मालुसरेको जिन्दगीमा आधारित रहेको यस चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।
तानाजीमा अजयको साथमा काजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिका रहेको छ । ओम राउतले निर्देशन गरेको चलचित्रलाई जयले नै निर्माण गरेका हुन् । चलचित्र १० जनवरी २०२० मा रिलिज हुनेछ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया