२८ कात्तिक (रासस-एएनआई) । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरू बाह्र जना घाइते भएका छन् ।
राजस्थान राज्य अन्तर्गत पर्ने खाटू श्यामजी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । “घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरूसँग भने ।





























प्रतिक्रिया