ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुईवटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गरेका थिए । ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउँछन् ।
ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चारमाध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहेका छन् । ‘हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,’ बोल्सोनारोले चेतावनी पनि दिएका छन् ।
फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर–पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ ।





























प्रतिक्रिया