नवाज सरिफ उपचारका लागि जेलबाट छुटे

नवाज सरिफ उपचारका लागि जेलबाट छुटे

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद,

पाकिस्तानको उच्च अदालतले जेलजीवन बिताइरहेका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न आदेश दिएको छ । स्वास्थ्योपचारका लागि भन्दै अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।

पछिल्लो समय सरिफ स्वास्थ्योपचार गर्दै आएका थिए । सरिफले उपचारका लागि घर वा बाहिर जानुपर्ने भन्दै उनका भाइले अपिल गरेका थिए । सरिफका भाइ शाहबाज सरिफको अपिलमाथि लाहोरको उच्च अदालतले फैसला गरेको हो । तर नवाजले उपचारपछि कानुन अनुरुप आफ्नो जेलजीवन भोग्नुपर्नेछ ।

शाहबाजले हाल पाकिस्तानी मुस्लिम लिग पार्टीको नेतृत्व गर्दै आएका छन् । नवाज एक साता अघि अचानक अस्वस्थ्य भएपछि कारागारबाट लाहोरस्थित सरकारी अस्पतालमा भर्ना गरिएका थिए ।

६९ वर्षीय नवाज तीन पटकसम्म प्रधानमन्त्री बनेका थिए । सुगरमिल भ्रष्टाचार काण्डमा दोषी ठहर भएपछि उनी जेलजीवन बिताउँदै छन् । हाल उनमा मुटु सम्बन्धी स्वास्थ्य समस्या छ ।
एजेन्सी

Logo