इथियोपिया,
इथियोपियामा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा १६ जनाको मृत्यु भइसकेको छ । अभियन्ता जवर मोहम्मदले भने बिहीबार शान्तिको लागि आग्रह गरेका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै टियर ग्याँस र गोली प्रहार गरे । जवरका हजारौं समर्थकले प्रदर्शन गरेका हुन् । प्रहरीले मंगलबार जवरको निवास घेरेपछि नै उनका समर्थकले विरोध गर्दै प्रदर्शन चर्काएका हुन् ।
एजेन्सी





























प्रतिक्रिया