काबुल,
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अली अबद जिल्लामा आक्रमणबाट १५ जना प्रहरी मारिएका छन् । कुन्दुजको उत्तरी चेकप्वान्टमा मंगलबार यस्तो घटना भएको हो ।
तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणको जिम्मा लिएका छन् । सरकारी अधिकारीहरुले भने हतियारधारी समूहको आक्रमण भनेका छन् । प्रान्तीय परिषद्का सदस्य घुलम रबनीका अनुसार दुई अधिकृतहरु घाइते छन् ।
अफगान सुरक्षा फौजले पछिल्लो केही सातादेखि तालिबानीविरुद्ध कारवाही तिब्र पारेपछि यस्तो आक्रमण भएको हो । अफगानिस्तानको कुन्दुज प्रान्त तालिबानी समूहको बलियो नियन्त्रणमा रहेको क्षेत्र मानिन्छ ।
एजेन्सी





























प्रतिक्रिया