क्यानडामा प्रधानमन्त्री जस्टिनको पार्टी विजयी, तर बहुमत गुमाए

क्यानडामा प्रधानमन्त्री जस्टिनको पार्टी विजयी, तर बहुमत गुमाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थानमा विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जस्टिनको लिबरल पार्टीले संसदको कुल ३३८ स्थानमध्ये १५६ स्थानमा विजयी हुने देखिएको छ । तर यो भने पूर्ण बहुमत होइन् ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन् । त्यस्तै मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जितेको छ ।

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थालेका हुन् । प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताएका थिए ।

उनले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताए । उनले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिनेमा जोड दिए ।

हाल ४७ वर्ष पुगेका प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए ।

उनले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै सुधार आवश्यक रहेको बताएका थिए । राससको सहयोगमा ।

 

Logo