चिलीमा आन्दोलन दबाउन संकटकाल र कर्फ्यु

चिलीमा आन्दोलन दबाउन संकटकाल र कर्फ्यु

केन्द्रबिन्दु
0
Shares

स्यान्टियागो,

चिलीमा केही दिनदेखि चर्किँदै गरेको आन्दोलन हिंसात्मक बन्दै गएको छ । राष्ट्रपति सेबास्टियन पिनेराले स्यान्टियागोमा संकटकाल घोषणा गरेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।

संकटकालका बावजुद नागरिकहरु आन्दोलित छन् । राजधानी स्यान्टियागोमा यातायात पूर्ण रुपमा ठप्प बनेका छन् भने अधिकांश उडान पनि अवरुद्ध भए । प्रदर्शनकारीले भने सरकारको कडा विरोध गर्नुका साथै आन्दोलन जारी राखेका छन् ।

स्थानीय मिडियाका अनुसार मेट्रोको भाडा वृद्धिबाट सुरु विवाद देशभर असमानता र अनियमितताको मुद्दासँग जोडेर उठाइएको छ । आन्दोलनको क्रममा प्रहरी तथा सुरक्षाकर्मीले आन्दोलनकारीलाई लक्षित गर्दै टियर ग्यास तथा पानीका फोहोरा प्रहार गर्दैछ ।

आन्दोलनकारीहरुले भने आफूहरु ‘शक्तिशाली शत्रुका विरुद्ध युद्धमा होमिएको’ बताएका छन् । साथै सरकारलाई लक्षित गर्दै उसले सीमाहिन हिंसा मच्चाउन चाहेको उनीहरुको भनाइ छ ।

राष्ट्रपतिले नयाँ सैनिक प्रमुख नियुक्त गरेपछि राजधानीमा कर्फ्यु पनि घोषणा गरिएको छ । जाभियर इतुरियागाले दिनभर कर्फ्यु लाग्ने हुँदा सबैलाई त्यस अवधिमा शान्त रहन र घरमै बस्न आदेश दिएका छन् । इतुरियागा गत शुक्रबार मात्रै सैनिक प्रमुखका नियुक्त भएका थिए ।
एजेन्सी

Skip This
Skip This
Logo