फ्याक्ट्रीमा लागेको आगलागिमा परी १९ जनाको मृत्यु

फ्याक्ट्रीमा लागेको आगलागिमा परी १९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हाङझोउ,

चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी गराएका छन् ।

निङ्हाई जिल्लाको उक्त शहरमा रहेको आधारभूत आवश्यकताका सामग्रीहरू उत्पादन गर्ने उक्त फ्याक्ट्रीमा आइतबार दिउसो १ः२० मा आगलागी भएको हो ।

आगलागीका कारण केही ब्यक्ति घाइते भएका र सोमबार विहानसम्म १९ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेको छ । आगलागीको कारणबारे अनुसन्धान जारी रहेकोले थप जानकारीपछि आउने प्रशासनले जनाएको छ ।
रासस/सिन्ह्वा

Logo