दसैंमा प्याज अझै महंगो हुने, भारतमै प्रतिक्वीन्टल १६ सयले बढ्यो

दसैंमा प्याज अझै महंगो हुने, भारतमै प्रतिक्वीन्टल १६ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली,

लगातारको वर्षाको कारण भारतमा प्याजको मुल्यमा भारी बृद्धि भएको छ । महाराष्ट्र, राजस्थान र मध्य प्रदेश लगायतमा प्याजको मुल्यमा भारी बृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा प्याजको मुल्य बढेसंगै सिधै असर नेपाली बजारमा पर्ने भएको छ । नजिकिँदो दसैंमा नेपालीले प्याजका लागि महंगो मुल्य तिर्नुपर्ने भएको छ ।

बिहीवार मात्रै भारतमा प्याज प्रतिक्वीन्टल १६ सय रुपैयाले बृद्धि भएको छ । यो मुल्य चार वर्ष यताको उच्च हो । भारतकै सवैभन्दा ठूलो प्याजको अनलाइन मार्केट लासलगांव एपीएमसीका अनुसार प्रतिक्विन्टर १६ सयले बृद्धि भएपछि अहिले भारतमा प्याज प्रतिक्विन्टर ६ हजार रुपैंयामा बिक्री हुन थालेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार यसपाली वर्षाका कारण कर्नाटक र आन्ध्र प्रदेशमा प्याज उत्पादन हुन सकेन । भारतका धेरै जसो स्थानमा लासलगांव एपीएमसीले प्याज बिक्री गर्दै आएको छ । नेपाली बजारमा अहिले प्याज प्रतिकिलो १२५ रूपैंया रहेको छ ।
एजेन्सी

Logo