सोमालियामा २० लाख मानिस भोकमरीको जोखिममा

सोमालियामा २० लाख मानिस भोकमरीको जोखिममा

केन्द्रबिन्दु
0
Shares

सोमालिया,

सोमालियामा २० लाख मानिस भोकमरीमा पर्ने खतरा रहेको बताइएको छ । २०११ देखि सोमालियामा यस्तो खतरा निम्तिएको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।

यस्तो समस्याबाट उम्किन राष्ट्रसंघले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्क लोकले सोमालिया भ्रमणको अन्तिम दिन यसबारे तथ्य पेश गरेका थिए ।

दशकौं लामो द्वन्द्व र लगानीको अभावका कारण सोमालिया यस्ता मानवीय संकटसँग जुध्न सक्षम नरहेको उनको भनाइ छ ।
एजेन्सी

Logo