इस्लामाबाद,
पाकिस्तान सरकारका एक मन्त्रीले अबको दुई महिनापछि नै भारतसँग युद्ध हुन सक्ने बताएका छन् । रेलमन्त्री शेख रसिद अहमदले आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरदेखि डिसेम्बरसम्ममा भारतसँग युद्ध हुनसक्ने बताएका हुन् ।
अहमदले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै शुक्रबार यस्तो आंकलन गरेका हुन् । साथै उनले जनतालाई तयार रहन समेत सचेत गराएका छन् ।
कश्मीरका जनताले पाकिस्तानबाट यस्तो अपेक्षा गरेको पनि उनको दावी छ । भारतीय अधिकारीहरुले भने पाकिस्तानको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको प्रतिक्रिया दिएको छ ।
एजेन्सी





























प्रतिक्रिया