जाकर्ता,
इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवास्थित हजारौं प्रदर्शनकारीको आन्दोलन हिंस्रक बन्न थालेको छ । आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काइदिएका छन् ।
पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार अलजजिराले जनाएको छ । पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन् ।
घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको बारेमा छानविन गरिरहेको जनाएको छ । प्रदर्शनलाई अधिकारीले हिंस्रक भनेका छन् । आदिवासी विद्यार्थीलाई राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई रिहाइको माग गर्दै आन्दोलन चर्किएको हो ।
एजेन्सी





























प्रतिक्रिया