नयाँदिल्ली । पाकिस्तानी सेनको गोली प्रहारबाट कश्मीरमा एक गोरखा सैनिकको ज्यान गएको छ । शनिवार बिहान जम्मु–कश्मीरको राजौरी क्षेत्रमा पाकिस्तानी सेनाको गोली प्रहारबाट नेपाली मुलका भारतीय सेनाका लेस नायक सन्दीप थापाको मृत्यु भएको हो ।
देहरादुनका थापामाथि पाकिस्तानी सेनाले चलाएको गोली लागेको थियो । जवाफी फायरिङमा भारतीय सेनाले पाकिस्तानी सेनाको क्याम्प ध्वस्त बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।





























प्रतिक्रिया