चिकित्सकहरु चढेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

चिकित्सकहरु चढेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २ सय मिटर गहिरो खोंचमा झरेको थियो । बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको थियो । यो बोलिभियाको दोस्रो ठूलो शहर हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिला र तीन जना पुरुष रहेका छन् । उक्त बस लापाजबाट अपोलो शहरतर्फ गइरहेको थियो । अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली उक्त बसमा रहेको बताइएको छ । प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

Logo