अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, २० जनाको ज्यान गयो

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, २० जनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको टेक्सस राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन्। घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो ।

घटनामा संलग्न आशंकामा प्रहरीले २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति हुन् प्याट्रिक क्रुसिअस । उनी ड्यालस सहरका बासिन्दा भएको प्रहरीले जनाएको छ ।  सीसीटीभी फुटेजमा डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको देखिन्छ ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो गाेलीकाण्ड हाे । यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो ।

Logo