टेक्सस गोली काण्डमा २० को मृत्यु, २६ घाइते

टेक्सस गोली काण्डमा २० को मृत्यु, २६ घाइते

केन्द्रबिन्दु
0
Shares

टेक्सस, अमेरिका,

अमेरिकाको टेक्ससको एक व्यापारिक केन्द्रमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको छ ।

साथै सो घटनामा २६ जना घाइते भएको प्रहरीले जनाएको छ । दिउसो धेरै मानिस बजारका लागि निस्कने समयमा व्यापारिक केन्द्रमा सो घटना भएको थियो । सो गोली काण्डमा प्रहरीले डलासको काँठ क्षेत्र भनिने एलिनका बासिन्दा एक २१ वर्षीय युवकलाई पक्राउ गर्न सफल भएको छ ।

गोली प्रहार शुरु भएको केही मिनेटमा नै प्रहरी घटनास्थलमा पुगेको र युवकलाई पक्राउ गर्न सफल भएको थियो । मृत्यु हुनेमा तीन मेक्सिकन रहेका छन् । अमेरिकामा आम मानिसले बन्दुक राख्न पाउने व्यबस्थाका कारण यस्ता घटना धेरै हुने गरेको छ ।
सीएनएन

Logo