भारतीय विदेशमन्‍त्री जयशंकरको पहिलो नेपाल भ्रमण भदौमा

भारतीय विदेशमन्‍त्री जयशंकरको पहिलो नेपाल भ्रमण भदौमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

जयशंकर दुई दिने भ्रमणका लागि भदौको पहिलो हप्ता नेपाल आउने गरी तयारी अघि बढाइएको छ । आधिकारिक रुपमा मिति तय हुन बाँकी छ । भ्रमणका बेला दुई देशको आपसी हित र सहयोगका बारेमा महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ ।

स्रोतका अनुसार विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । जयशंकरले नेपाल रहँदा राष्ट्रपति, प्रधानमन्‍त्री, प्रमुख दलका प्रमुखहरु तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमण तालिकालाई अन्तिम रुप दिने तयारी छ । भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदैछन् ।
अन्नपूर्णबाट

Logo