पाकिस्तानमा सेनाको एउटा विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरू १२ जना घाइते भएका छन्। तालिमका लागि उडाइएकोसो विमानमा लागेको आगो केही घरहरूमा पनि फैलिएको थियो। "/>

पाकिस्तानमा विमान दुर्घटना, ब्राजिलमा जेलभित्रै भिडन्त, ६७ जनाको मृत्यु

पाकिस्तानमा विमान दुर्घटना, ब्राजिलमा जेलभित्रै भिडन्त, ६७ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानमा सेनाको एउटा विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरू १२ जना घाइते भएका छन्। तालिमका लागि उडाइएकोसो विमानमा लागेको आगो केही घरहरूमा पनि फैलिएको थियो।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबाद नजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो ।

ब्राजिलमा जेलभित्र भिडन्त 

ब्रजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तीमा ५२ जना मारिएको अधिकारीहरूले जनाएका छन्। मारिनेमा १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो।

झडपका बेला केही कैदीहरु भागेका थिए। भागेका ८७ कैदीमध्य ४० जनालाई पुन: नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन्।पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्डका सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ । सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता दुई सय जना अटाउने भए पनि त्यहाँ झन्डै तीन सय कैदी छन्।

ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो ।

Logo